कार्यक्रममा संघका विभिन्न युवा समुदाय, अपाङ्गता भएका युवा, यौनकर्मी महिला, एचआइभी सङ्क्रमित हरूले आफ्नो अनुभव, सिकाइ र संघमा आबद्ध भएर आफ्ने क्षमता अभिवृद्धि कसरी भयो भन्ने कुरालाई प्रस्तुत गरेका थिए। साथै अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघका विश्व युवा सञ्जाल नेपालकी प्रतिनिधि वर्षा पाण्डेले आफ्नो अनुभव प्रस्तुत गरेकी थिइन्।
कार्यक्रममा सङ्घका अध्यक्ष हिमालय लाल कसजुले यौन तथा प्रजनन स्वास्थ्य र अधिकार तथा बृहत् यौनिकता शिक्षा युवाहरू को पूर्ण बिकासको लागि अति आवश्यक भएको र यस्को सुनिश्चित गर्न सरकारका सबै तह, पालिका देखि केन्द्र सम्म, को दायित्व रहेको बताए । हेल्भिटास नेपालका राष्ट्रिय निर्देशक डा. प्रवीण मानन्धरले युवाहरूलाई शरीर, स्वास्थ्य र भविष्यका बारेमा सुसश्चित र आफैले उचित निर्णय गर्न सक्षम बनाउन बोलि र लिखित नितिमा मात्र सिमित नराखि ब्यबहारमा नै ब्यक्ति, परिवार र सरकार सबै तहमा उनिहरूको यौन तथा प्रजनन स्वाय्थ्य र अधिकारको सुनिश्चित गरी उनिहरूलाई जिम्मेवार एवं दक्ष बनाउन आबश्क रहेको बताए । यसका लागि किशोरकिशोरीले आफ्नो क्षमतालाई तिख्खर बनाउँदै भविष्यको नेतृत्व लिने आँट देखाउनुपर्छ। समानता र समावेशीता व्यवहारतः कार्यान्वनमा आएको छैन।’
संघका केन्द्रीय सदस्य इन्द्रलक्ष्मी श्रेष्ठले लैङ्गिकताको आधारमा सबै वर्ग, उमेर र समुदायको सामाजिक, अर्थिक र मानवीय विकासमा समान पहुँच र समावेशीताको सुनिश्चित गर्न आवश्यक रहेका जनाउँदै महिला समानता अधिकारका लागि बनेका ऐन कानुन कार्यान्वयनको अवस्था फितलो रहेको टिप्पणी गर्दै सबै तहमा घर देखि सरकारसम्म महिला समानता अधिकारका लागि बनेका ऐन कानुन कार्यान्वयनको लागि अनुरोध गरिन ।
सङ्घका कार्यकारी निर्देशक डा. प्रवीण शाक्यले किशोर किशोरी बीचको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार तथा बृहत् यौनिक शिक्षासम्बन्धी छलफल र अन्तरक्रियाले उनीहरुलाई आफ्नो समस्या, भोगाई, अनुभव र दृष्टिकोण सम्बन्धि उनिहरू बिच छलफल गरी उनिहरूलाई यस सम्बन्धि सवलीकरण र उचित समयै उचित निर्णय गर्न सक्षम बनाउन र भविष्यमा युवामैत्री नीति तथा कार्यक्रमहरू प्रभावकारी कार्यान्वयन गर्न सहयोग पुग्ने बताए।
कार्यक्रमको दोस्रो सत्रमा नेपाल परिवार नियोजन संघका कार्यक्रक निर्देशक डा. बीणा श्रेष्ठ, संघका लैंगिक तथा पैरवि प्रमुख जमुना सिटौला, र संघका उपत्यका शाखाका प्रबन्धक शरद अर्यालले नेपाल परिवार नियोजन संघले प्रदान गरिरहेका किशोरकिशोरीका सेवा तथा अभियानका बारेमा जानकारी दिइएको थियो।